काठमाडौ । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ७५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार १३ दशमलव ६२ अंकले ओरालो लागेर २८ सय ७६ दशमलव ६६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले ओरालो लागेर चार सय ८० दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय वटा कम्पनीहरुको एक लाख ३९ हजार पाँच सय ५५ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, लघुवित्त र व्यापार उपसमुहको सुचक घटेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक बढेका छन् ।