काठमाडौं, साउन ९
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेल–पे सेवाले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । दुुवै कम्पनीबीच बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सम्झौता भएको हो । सम्झौतामा महालक्ष्मीका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकमका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् अब महालक्ष्मी लाइफका ग्राहकहरूले आफ्नो बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेल–पे एप वा वेब एप्लिकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेल–पेमा आफ्नोे खाता लिंक गरी सजिलै बिनाझन्झट, कुनै पनि समयमा रकम तिर्न सकिनेछ । यसका लागि ग्राहकले सेल–पेमा लगइन गरी बीमा अप्सनमा क्लिक गर्नुहोस्, महालक्ष्मी लाइफ छनौट गरी आफेनो पोलिसी नम्बर र जन्ममिति राखेपछि आफ्नो बीमा विवरण चेक गरी देखाएको प्रिमियमको ‘रकम पे’ बटन थिच्नुु पर्नेछ र आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिनेछ । कम्पनीका अनुसार यसमा ग्राहकहरूले सम्पूर्ण भुक्तानीहरू ट्रान्सक्सोन हिस्ट्री सेक्सोनबाट सजिलै हेर्न सकिनेछ ।
सेल–पे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेल–पेका अन्य विशेषताहरूमा वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयल्टी पोइन्टस पाइने रहेको छ । सेल–पेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनिट्रान्सफर, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोभिड १९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबार, व्यक्तिबाट व्यक्ति, व्यक्तिबाट व्यवसाय, व्यवसायबाट व्यक्ति र व्यवसायबाट व्यवासय आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यो सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेल–पे सेवासँग आबद्ध भएका बैंकहरूका ग्राहकहरूले सहजरूपमा यो सेवा लिन सक्नेछन् । सेल–पे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ ।