काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही फागुन १५ गते काठमाडौंमा आफ्नो ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।