काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ । संस्थाले आइतबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ९५ लाख ७७ हजार तीन सय रूपैयाँ बराबरको एक लाख ९५ हजार सात सय ७३ कित्ता सेयरको बिक्री खुला गरेको हो ।
लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् । आइतबारदेखि सुरु भएको सेयर बिक्री कार्य छिटोमा यही फागुन २१ गते र ढिलोमा यही चैत्र तीन गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको सूचित गर्छ ।