काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौंस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यो सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, अल्ट्रासोनोग्राफी, युएसजी, इको कार्डियोग्राफीलगायतका सेवामा पाँच प्र्रतिशत तथा फार्मेसीमा पाँचदेखि १० प्रतिशतसम्म छुट हुनेछ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले अनवरतहरूमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आएको छ । बैंकले हाल आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ एटीएम काउन्टर, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।