काठमाडौं । प्रभु बैंकले दार्चुलामा शाखा कार्यालय खुलेको छ । आइतबार बैंकले आफ्नो तीन सय १२ औँ शाखा कार्यालयको रूपमा महाकाली नगरपालिका–४ स्थित खलंगा, दार्चुलामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ । बैंकको यो अभियानले देशैभर बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेकोे छ ।
शाखा कार्यालय सञ्चालनमा आएसँगै स्थानीय, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा देशका ७७ वटै जिल्लामा विस्तार भएको छ ।