काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आयोजना गरेको बीवाईडी हाई–टेक विक सकिएको छ ।
चीनबाहिर पहिलोपटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति सोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरूले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए । यस्तै, सो विकको एक महत्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ डेलिभरी गरिएको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापीरूपान्तरण र यसको एक महत्वपूर्ण बजारको रूपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले बीवाईडी हाई–टेक विकको स्मरणमा सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा दुई लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । हाई–टेक विकमा अवलोकनकर्ताहरूले विभिन्न सवारीसाधनमा भएका प्रविधिको अभूतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाएका थिए । अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्याङ्क टर्न र अटोमेटिक पार्किङजस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरू लाइभ सोकेस गरिएको थियो । इभेन्ट समापन कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले अवलोकनकर्ताहरूबाट उत्साहजनकरूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइन् ।