काठमाडौँ । धनुषामा मंगलबार प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
वर्तमान सरकारलाई अध्यादेश ल्याउनुपर्ने के जरुरी अवस्था आइपर्योर् ? भन्दै खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाए । उनले त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरे ।
अध्यादेशहरू तत्काल कानुन बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज भएको भन्दै खनालले सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध नगरेको जानकारी दिए । अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नभएको उनले बताए ।