काठमाडौं । भारतीय सुन तस्करका अभियुक्त बुद्धदेव मैतीसँग गृहमन्त्री रमेश लेखकले भेटेका छन् । प्रहरीले २०८० वैशाख २२ गते पर्साबाट तस्करीको सुनसहित पक्राउ गरेको भारतीय नागरिक मैतीसँग काठमाडौंमा नै गुपचुप भेटवार्ता गरेको उच्च स्रोतले जानकारी दियो ।
सुन र हिरा ओसारपसार अभियुक्त मैतीसँग गृहमन्त्री लेखकले भेट वर्ता गरेपछि अनुसन्धान गर्ने प्रहरी अधिकृतहरू समेत हच्किएको पाइएको छ ।
तत्कालीन समयको मूल्यअनुसार १८ लाख ३९ हजार आठ सय १८ रुपैयाँबराबरको १८१.०८० ग्रामको सुन र बाँकी हिराको गहना गरी २९ लाख ४४ हजार छ सय ३३ रुपैयाँ बजारमूल्यबराबरको सामानसहित पक्राउ परेका मैतीसँग गृहकन्त्रीले गुपचुप भेटेपछि प्रहरी अनुसन्धानमा हच्किएको स्रोतको दाबी छ ।