काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको खुद नाफा उच्चरूपमा बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड चार लाख ५५ हजार नौ सय चार रूपैयाँँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ३४ लाख ९७ हजार चार सय २० रूपैयाँँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार तीन सय ५९ रूपैयाँँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ९५ करोड ४१ लाख एक हजार सात सय नौ रूपैयाँँ निक्षेप संंकलन गरी नौ अर्ब ४० करोड २६ लाख १८ हजार दुई सय २३ रूपैयाँँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ४२ लाख ९१ हजार पाँच सय २७ रूपैयाँँ खुद व्याज आम्दानी गरेको संंस्थामा आठ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ८९ करोड ६८ लाख १८ हजार छ सय ८२ रूपैयाँँ निक्षेप संकलन गरी नौ अर्ब ११ करोड २२ लाख पाँच हजार छ सय ४८ रूपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ४४ लाख ९० हजार ३४ रूपैयाँँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३० प्रतिशत रहेको थियो ।