काठमाडौं । नेपाल एसबीआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । यो अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागि पाएको हो । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्राडा फत्त बहादुर केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री, रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।
विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले हाल एक सय वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम काउन्टर र एउटा कर्पोरेट कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।