काठमाडौं । एलजीको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सुरु भएको छ । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न मंगलबारदेखि निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सञ्चालनमा ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकवर्गले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनेछन् । साथै, जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यस्तै, आफ्नो पुरानो एसीको मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकवर्गहरूले टोल फ्रि नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनुपर्नेछ । रजिस्टरपश्चात् एलजीका टेक्निसियन ग्राहकको घरमै गई यो सुविधा प्रदान गर्नेछन् ।