काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ८/१२८ जिबीको नयाँ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा छ दशमलव ७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।
कम्पनीका अनुसार ४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सी ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यस स्मार्टफोनलाई एक चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्यान्ड बाई टाइम भएको रियलमी सि ६३ लाई एक मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ । ३८ प्रकारका चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङका साथै उच्च सुरक्षा पनि प्रदान गर्ने जनाइएको छ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।
सात दशमलव ७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लु रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेसन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ । कम्पनीका अनुसार रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेषरूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निमार्ण भएको छ, जसमा ८+१२८ जीबीको डाइनामिक र्याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको छ ।
यस्तै, रियलमी सी ६३ मा एआई बुस्ट प्रविधि रहेको छ, जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ । रियलमी सी ६३ को छ दशमलव ७४ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबीएम)सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ । रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गुगल लेन्सजस्ता फिचरहरू पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ ।
रियलमी सी ६३ मा एयर जेस्चर प्रविधि रहेको छ, जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ । एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सि ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ । आइपि ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सि ६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । रियलमी सि ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परीक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ । साथै, यसमा ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जीपीएस, ग्लोनास, बिडिएस र ग्यालिलिओलगायतका नवीन नेभिगेसन फिचरहरू छन् ।
एन्ड्रोइड १४ मा आधारित रियलमी सि ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ । यसको मूल्य नेपालमा २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।