काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ ग्राहक बन्ने तथा सेवा नवीकरण गर्ने १० जनालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।
ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा कम्पनीले नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली एक जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा कम्पनीको सेवा पुगेको जनाइएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छौं, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवाग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौँ ।’
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । मुलुकका ७४ जिल्लामा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पुर्याउनका लागि पनि वर्ल्डलिंकले प्रतिबद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।