काठमाडौं । शेयर बजारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३० अंकले ओर्लिएको नेप्से परिसुचक आज २५ दशमलव १६ अंकले ओरालो लागेर २८ सय २१ दशमलव १३ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७० अंकले ओरालो लागेर चार सय ६९ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको एक लाख एक हजार छ सय तीन पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।