काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो सात महिनासम्ममा आठ अर्ब ५९ करोड दुई लाख रुपैयाँबराबरको बीमा त्याग (बीमा सरेन्डर) भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही माघ मसान्तसम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेका कुल बीमालेखमध्ये ६२ हजार २३ जना बीमितले आठ अर्ब रुपैयाँभन्दा बढीको बीमा त्याग गरेका हुन् ।
चालू आवको माघ मसान्तसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा मात्र आठ हजार चार सय ९१ वटा बीमितको ७८ करोड ६४ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि तीन हजार सात सय २० वटा पोलिसीमार्फत ५५ करोड १५ लाख रुपैयाँबराबरको बीमा त्याग हुँदा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीमा १४ हजार २५ वटा बीमा पोलिसीमार्फत दुई अर्ब ३६ करोड २४ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडबाट पनि चालू आवको पछिल्लो सात महिनामा १५ हजार तीन सय ६२ वटा पोलिसीमार्फत दुई अर्ब ५९ करोड ७९ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीबाट पनि चालू आवको पछिल्लो सात महिनामा दुई हजार ९५ वटा पोलिसीबाट २४ करोड १२ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट पनि पछिल्लो अवधिमा पाँच हजार एक सय ११ वटा पोलिसीमार्फत ५४ करोड १९ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
प्राधिकरणका अनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट चालू आवको पछिल्लो सात महिनाको अवधिसम्ममा एक हजार ७३ वटा पोलिसीमार्फत १२ करोड ३१ञ् लाख रुपैयाँबराबरको बीमा त्याग हुँदा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट चार सय ४२ वटा पोलिसीमार्फत चार करोड ५५ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा नौ सय ६५ वटा पोलिसीमार्फत छ करोड ४३ लाख रुपैयाँबराबरको बीमा त्याग हुँदा सिटिजन लाइफ इन्योरेन्स कम्पनीमा एक हजार छ सय ६० वटा पोलिसीमार्फत १४ करोड ९१ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आवको पछिल्लो सात महिनाको अवधिसम्ममा तीन हजार चार सय ८३ वटा पोलिसीमार्फत ४६ करोड ९९ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि चालू आवको पछिल्लो सात महिनाको अवधिसम्ममा एक हजार ७७ वटा पोलिसीमार्फत १५ करोड ३६ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । प्राधिकरणका अनुसार चालू आवको पछिल्लो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने चार हजार एक सय ३७ वटा पोलिसीमार्फत ३७ करोड ८१ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा पनि आठ सय ८२ जना पोलिसीमार्फत १२ करोड ४६ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ ।