ओटावा । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा उजुरी दिएको डब्ल्यूटीओले बुधबार पुष्टि गरेको छ ।
विश्व व्यापार संगठन लागि क्यानडाका राजदूत नादिया थियोडोरले लिफ््डइनमा लख्नुभएको छ, ‘अमेरिकी निर्णयले हामीसँग कुनै विकल्प छैन ।’ उनले क्यानडा सरकारको तर्फबाट क्यानडामाथि लगाइएको अनुचित करका सम्बन्धमा संयुक्त राज्य अमेरिका सरकारसँग डब्ल्यूटीओको परामर्शका लागि अनुरोध गरेको बताएका छन् । विश्व व्यापार संगठनका एक अधिकारीले एएफपीलाई पुष्टि गर्दै भने, ‘चिनियाँ सामानमा नयाँ अमेरिकी करको विषयमा बेइजिङले दायर गरेको यस्तै उजुरीपछि अमेरिकाविरुद्ध क्यानडाले डब्ल्यूटीओमा हिजो अर्को मुद्दा प्रक्रिया सुरु गरेको हो ।
जनवरी २० मा राष्ट्रपति ट्रम्प सत्तामा फर्केको केही समयपछि उनले प्रमुख व्यापारिक साझेदार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । दुवै मोर्चामा प्रगति हुन नसकेको भन्दै उनले मंगलबार उनीहरूविरूद्ध कारबाहीलाई अघि बढाएका थिए ।