काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाको नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ७४ लाख १० हजार सात सय १३ रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड रूपैयाँले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३२ लाख २६ हजार सात सय ७४ रूपैयाँ रहेको थियो ।
पछिल्लो अवधिमा चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रूपैयाँ कायम गरेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा २५ करोड ४३ लाख ७७ हजार सात सय सात रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९७ करोड ९९ लाख ६० हजार आठ सय ४० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ४७ लाख १६ हजार नौ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने पाँच दशमलव ७७ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३२ करोड ५८ लाख ३० हजार नौ सय ९६ रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड १५ लाख तीन हजार एक सय २४ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड १४ लाख तीन हजार एक सय ८६ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ९२ प्रतिशत कर्जा निस्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ९३ प्रतिशत स्प्रेडदर रहेको थियो ।