काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २५ अंकले खुम्चिएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि दुई दशमलव ७० अंकले ओरालो लागेर २८ सय १८ दशमलव ४३ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव शुन्य तीन अंकले उकालो लागेर चार सय ७० दशमलव ६० अंकमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ९३ हजार आठ सय ९५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ९०) लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, उत्पादनमुलक र लघुवित्त उपसमुहहरुको सुचक उकालो लागेपनि फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहरुको सुचक भने ओरालो लागेका छन् ।