वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा बिहीबार मन्त्रिपरिषद् बैठकमा दक्षता विभागका प्रमुख एलोन मस्क र विदेशमन्त्री मार्क रुबियोबीच झगडा परेको छ । कर्मचारी कटौतीको मुद्दामा दुई जनाबीच बहस भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बैठकमा मस्कले विदेशमन्त्रीलाई आफ्नो विभागमा कर्मचारी संख्या घटाउन नसकेको आरोप लगाएका थिए । यसमा रुबियोले मस्कले झुट बोलिरहेको बताए ।
रुबियोले मस्कलाई झुटो भन्दै विदेश विभागका एक हजार पाँच सय कर्मचारीहरूले चाँडै अवकाश लिन लागेको जनाए । उनीहरूलाई कामबाट निकाल्ने काममा गणना नगरिने र मस्कले ती सबै कर्मचारीहरूलाई फेरि जागिरबाट निकालेको जस्तो देखाउन पुनः नियुक्त गर्न चाहन्छन् भन्दै प्रश्न गरेका छन् ।
विदेशमन्त्रीको यो तर्कबाट मस्क सन्तुस्ट भएनन् । मस्कले रुबियोलाई टिभीमा मात्र राम्रो देखिने मान्छे भने । मस्क र रुबियोबीचको बहसको क्रममा राष्ट्रपति ट्रम्प सुरुमा हात जोडेर आफ्नो कुर्सीमा बसे ।
दुई जनाबीचको बहस चर्किँदै जाँदा, ट्रम्पले रुबियोको बचाउ गरेका छन् । उनले रुबियोले राम्रो काम गरिरहेको बताए । ट्रम्पले भने कि रुबियोले धेरै काम गर्न बाँकी छ । उनी धेरै व्यस्त छन् र उनले टीभीलाई पनि समय दिनुपर्छ । त्यसैले सबैले मिलेर काम गर्नु आवश्यक छ ।