काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५ आर आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।
धुलिखेलको डर्ट टेम्पलमा कम्पनीले हालै एक विशेष कार्यक्रमको आयोजना गरी डब्लुआर १५५ आर सार्वजनिक गरेको हो । कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ग्राहकलाई सो मोटरसाइकलनको साँचो समेत हस्तान्तरण गरेका थिए । राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीलाई आवश्यक अफ–रोड सवारी प्रविधिहरूसँग सु–सज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गरेको थियो ।
कम्पनीका अनुसार डब्लुआर १५५ आर यामाहाको डुअल–पर्पोज सेगमेन्टमा नवीनतम अफर हो, जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ–रोड सवारीको रोमाञ्च खोज्नका लागि भनेर डिजाइन गरिएको छ । यसमा शक्तिशाली १५५ सिसि लिक्विड–कुल्ड, भीभीए इन्जिन, हल्का तौल र टिकाउ फ्रेम, लङ ट्राभल सस्पेन्सन, २४५ मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१–इन्च फ्रन्ट ह्विल, उत्कृष्ट ब्रेकिङ प्रणालीलगायत रहेका छन् ।