धनगढी । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि सोमबार धनगढी आउँदै छन् ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले सभापति देउवा रोमबार बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने जानकारी दिएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई सभापतिको स्वागतका लागि बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरेका छन् ।