कल्याणपुर (सप्तरी) । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा शनिबार राति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । शनीबार भएको आगलागी बाट वडाध्यक्षको आठ लाख ७८ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सुरेन्द्र नेपालीले आगलागीमा भैंसी, पाडी, बाख्रा–खसी ९ वटा जलेर मरेको जानकारी दिए । वडाध्यक्ष मण्डलको जस्ताले छाएको फुसको घरमा आचानक आगलगी हुँदा नजिकै रहेको गोठ घर पुर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय र नेपाल प्रहरीको सहयोगमा आगो लियन्त्रणमा लिइएको थियो ।