काठमाडौं । शेयर बजार परिसुचक नेप्से २८ सय बिन्दुबाट तल झरेको छ । साताको पहिलो दिन आईतबार नेप्से ४६ दशमलव ३३ अंकले ओरालो लागेर २७ सय ७२ दशमलव १० बिन्दुमा खुम्चिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३१ अंकले ओरालो लागेर चार सय ६३ दशमलव २९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख १२ हजार तीन सय ४७ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब नौं करोड ३६ लाख ५४ हजार एक सय २९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको शेयर किनबेच भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै रातो देखिएको छ ।