काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीलाई उत्कृष्ट बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो । यस फोरमले आज फागुन २३ गते, कम्पनीको प्रधान कार्यालय, थापाथलीमा हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथिवक्ता दीपा दाहाल (उपकार्यकारी निर्देशक– नेपाल धितोपत्र बोर्ड)को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तीकरणको लागि महिला आफैँले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तीकरणका लागि प्रोत्साहन समेत गरिन् ।
सिटिजन वुमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरूबीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरूमध्येबाट उत्कृष्ट पाँच जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुतिपश्चात चुनिएका पहिलो, दोस्रो र तेस्रो कर्मचारीलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेको थियो । फोरमको संयोजक रीता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताइन् ।
कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषकराज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाउँदै कार्यक्रम समापन भएको घोषणा गरे ।