बेइजिङ । मुद्रास्फीतिको मुख्य सूचक उपभोक्ता मूल्य सूचकांक (सीपीआई) गत फेब्रुअरीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा शून्य दशमलव सात प्रतिशत घटेको छ । यस्तै उत्पादक मूल्य सूचकांक (पीपीआई) दुई दशमलव दुई प्रतिशतले घटेको राष्ट्रय तथ्यांक ब्युरोले उल्लेख गरेको छ ।
ब्युरोका तथ्यांकविद् डोङ लिजुआनले मूल्यमा आएकोे गिरावटको श्रेय वसन्त महोत्सवको स्थिर परिवतस्न र परिणामस्वरुप उच्च आधार प्रभाव, फेब्रुअरीमा बढी अनुकूल मौसम, मूल्य–बन्द प्रवर्द्धन र केही अन्तर्राष्ट्रिय वस्तुहरुको मूल्यमा उतार–चढावलाई दिए ।
फेब्रुअरीमा अनुकूल मौसम अवस्थाले पनि सीपीआई गतिशीलतालाई योगदान पुर्यायो । यस वर्षको हल्का मौसमले ताजा तरकाकरीको वृद्धि र ढुवानीमा सहजता ल्यायो, जसले गर्दा खाद्यान्नको मूल्य स्थिर हुन मद्दत पुगेको छ ।
अटोमोटिभ क्षेत्रमा, इन्धन र नयाँ उर्जा दुवै सारी साधनहरुको मूल्य–अफ प्रवर्द्धनले ससीपीआईलाई थप प्रभाव पारेको छ । यी सवारीसाधनहरुको मूल्य क्रमशः पाँच प्रतिशत, छ प्रतिशतले घटेको छ । जसले सीपीआईमा शून्य दशमलव शून्य दशमलव १६ प्रतिशत विन्दुले गिरावट आएको छ ।
औद्योगिक क्षेत्रमा, पीपीआईमा महिना–दर–महिना शून्य दशमलव एक प्रतिशत र वर्ष–दर–वर्ष दुई दशमलव दुई प्रतिशतले गिरावट देखिएकोे छ । पीपीआईको गिरावट मौसमी सुस्तता, रोकिएका निर्माण परियोजनाहरुको कारण निर्माण सामग्रीको मागमा कमी र पावर प्लान्ट र बन्दरगाहहरुमा पर्याप्त भण्डार सुनिश्चित गर्ने स्थिर कोइला आपूर्तिले प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको उतारचढावको कारण चिनियाँ घरेलु पेट्रोलियम पदार्थको मूल्यमा पनि गिरावट आएको थियो ।
एनबीएस अर्थशास्त्रीले समष्टिगत आर्थिक नीतिहरुको क्रमिक प्रभाव र केही क्षेत्रहरुमा बढ्दो उत्पादन मागले पनि पीपीआईको गिरावटलाई कम गर्न मद्दत गरेको छ ।