काठमाडौं । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेका सर्लाही जिल्ला नेपाली कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंह देउवा निकट भएपछि अझै पनि जिल्ला सभापतिकै हैसियतमा रहेको पाइएको छ । नेपाली कांग्रेसको अर्को पक्षले अदालतबाट दोषी ठहर भएको मानिसलाई पार्टीको जिम्मेबारी दिनुहुँदैन भनेर बारम्बार बिभिन्न समयमा धर्ना बसेपनि शेरबहादुर देउवाले लाजै नमानि उनलाई अझै पनि जिल्ला सभापतिको हैसियत दिएका छन् ।
सर्लाही जिल्ला सभापति सिंहले मनुस्मारा सिँचा आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहँदा आर्थिक हिनामिना गरेको भन्दैं विशेष अदालतले दोषी ठहर गर्दै उनलाई कैद र जरिवाना सुनाएको थियो । उक्त आदेश बिरुद्ध उनी सर्वोच्चमा गएपनि सर्वोच्च अदालतले उनलाई उच्चको फैसला सदर गर्दै दोषी ठहर गरेको थियो । उनीबिरुद्ध सर्वोच्चले चार महिना १५ दिन कैद र एक करोड २३ लाख रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।