सुदूरपश्चिम । धनगढी विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।

अहिलेको गठबन्धनको सरकार २०८४ सम्म कायम रहने उनले बताए । पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन कांग्रेस सभापति देउवा सहितका नेता सोमबार धनगढी पुगेका छन् ।