काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ ।
२०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ । इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, यसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको हो । इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पाएको छ । इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर–टु–पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ सहरहरूमा उत्कृष्ट सवारीको लागि उचित मूल्य प्रदान गर्दै आएको छ । साथै, चालकहरूको लागि उचित कमाइका अवसरहरू प्रदान गरेको छ ।
गत वर्ष इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा ‘इनड्राइभ मनी’को परीक्षण सुरु गरेको थियो । इनड्राइभ मनी सन् २०३० सम्ममा कम्तीमा एक अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको लक्ष्यसँग सम्बन्धित रहेको जनाइएको छ । कम्पनीले यो सेवालाई थप बजारहरूमा पनि विस्तार गर्ने तयारी गरेको छ । यसका साथै इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैकासहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त इनड्राइभले सिटी टु सिटी, फ्रेट, कुरियर र डेलिभरी सेवाहरू पनि प्रदान गर्ने गरेको छ ।