काठमाडौँ, साउन ११ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुनेगरी तोकेको छ । बैंकले यही बुधबारदेखि लागू हुनेगरी नयाँ तथा पुराना ग्राहकहरूको लागि कर्जाको ब्याजदर अधिकतम ९दशमलव ३२ प्रतिशत मात्रै हुनेगरी तोकेको हो । बैंकको हाल आधार दर छ दशमलव सात प्रतिशत रहेको छ । बैंकले सातवटै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ४० वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।