काठमाडौं, साउन ११ गरिमा विकास बैंकमा अनलाइनबाट नै खाता खोल्न सकिने भएको छ । यससँगै अब संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्धारा गरिमा विकास बैंकमा खाता खोल्न सकिने भएको छ । यसबाट विदेशमा रहने सेवाग्राहीले आफँै खाता खोली आफ्नै खातामा जम्मा हूने गरी रकम पठाउन समेत सक्नेछन् ।बैंकले हाल काठमाडौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९१ शाखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।