काठमाडौं, साउन ११
मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७६, ०७७ मा २८ करोड नौ लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ३१ लाख ३२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७६, ०७७ मा पाँच अर्ब ८४ करोड ८३ लाख ८३ हजार रुपैयाँ निक्षेप संंकलन गरी पाँच अर्ब ८१ करोड ८२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड पाँच लाख ३२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा ११ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ भने स्प्रेड दर चार दशमलव ५१ प्रतिशत रहेको छ । यस अवधिमा फाइनान्समा तीन दशमलव ३६ प्र्रतिसत कर्जा निष्क्रिय रहेको छ ।