काठमाडौं । नथिङ फोन थ्रि ए सेरिजअन्तर्गतको नथिङ फोन थ्री ए नेपाली बजारमा सार्वजनिक गरिएको छ । सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्री ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्री ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्यधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गत मार्च ५ देखि प्रि–बुकिङ सुरु गरिएको यो फोनको अत्याधिक मात्रामा प्रि–बुकिङ भएपछि दोस्रो दिन नै बन्द गरिएको थियो । लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रि–बुकिङ अफरमा उपभोक्ताको अत्यधिक आकर्षण भएकैले तोकिएको अवधि नसकिँदै प्रि–बुकिङ अफर रोक्नुपरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नथिङ फोन थ्री ए डिजाइनमा थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाइनलाई अझ उत्कृष्ट देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो । पाँच हजार मिलिएम्पियरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङको कम्बिनेसन भएको नथिङ फोन थ्री एमा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ ।
३२ मेगापिक्सेलको सेल्फी क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा भएको यो फोनले खिच्ने फोटो निकै क्रिप्स, क्लियर र नेचुरल हुने कम्पनीको दाबी छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्री एमा दिइएको अप्टिकल इमेज स्टेबलाइजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ । एन्डरोइड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्री एमा नथिङले थप तीन जेनेरेसनको ओएस अपग्रेडेसनको बाचा गरेको छ । चार न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाइज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको यो फोन ८ जीबी र्याम र १२८ जीबी स्टोरेज वा १२ जीवी ¥याम र २५६ जीबी स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।