काठमाडौं । बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ । यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निःशुल्क गराउन सक्नेछन् ।
साथै, ग्राहकहरूले आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहेमा उनीहरूलाई उत्कृष्ट मूल्याङ्कन प्रदान गरिने कम्पनीले जनाएको छ । यसअन्तर्गत ५० प्रतिशतसम्मको अतिरिक्त मूल्याङ्कन वा नयाँ बेकोको एसीसँग साट्न सक्नेछन् । त्यसैगरी नयाँ एसी खरिदमा विशेष २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पाट्र्स आवश्यक परेमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले एसी एक्सचेन्ज गर्दा तीन हजार रुपैयाँ मूल्य बराबरका दुई वटा निःशुल्क सेवा कुपन समेत उपलब्ध गराउने जनाएको छ ।