काठमाडौं । जावलाखेलस्थित अनोभा स्किन एन्ड हेयर क्लिनिकले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रिटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । कुपन्डोलमा आयोजित एक समारोहमा अभिनेत्रीहरू रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका हुन् ।
कार्यक्रममा अनोभा स्किन एन्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो । ‘भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ’, उनले भनिन्, ‘यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ ।’
डा श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरू सुधार गर्न प्रयोग गरिन्छ । यसले छालाको कसिलोपन कोलाजेन उत्पादन बढाएर छालालाई टाइट बनाउँछ, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्छ, छालाको बनावट सुधार गरी छालालाई मोटो, चम्किलो र स्वस्थ बनाउँछ । उनका अनुसार यो प्रविधि एक्ने स्कारको लागि अहिलेसम्मकै एक उत्कृष्ट डिभाइस हो ।
समारोहमा अनोभा स्किन एन्ड हेयर क्लिनिकको तर्फबाट केही स्टलहरू राखेर यो प्रविधिका साथै छाला तथा कपालसम्बन्धी जिज्ञासा राख्नेलाई परामर्शसमेत दिइएको थियो ।