काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।
मेयर शाहले केहि भारतिय चलचित्रलाई नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संङघले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । पाटन अदालतले बालेनलाई नरोक्न अन्तरिम आदेश दिएपछि मेयर बालेन शाहले सरकार र अदालतलाई भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए । त्यसपछि उनीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते अदालतको अवहेलना गरेको भन्र्दै कारबाहीको रिट दाय गरेकी थिइन ।