काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिनदेखि नैं ओरालो लागेको नेप्से परिसुचक आज बुधबार भने १७ दशमलव २८ अंकले उकालो लागेर २७ सय ३६ दशमलव ४८ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले उकालो लागेर चार सय ५९ दशमलव शुन्य तीन बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको ७९ हजार दुई सय ३६ पटकको कारोबारमा दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र लघुवित्त उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।