काठमाडौं ।प्यालेस्टाइनका लडाकु हमासद्वारा इजरायलबाट कब्जामा लिइएका नेपालका विपिन जोशीको रिहाइको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँग आग्रह गरेका छन् । प्राधनमन्त्री ओलीले बुधबार राष्ट्रपति सिसीलाई टेलिफोन गरी दोस्रो चरणको बन्दी रिहाइको क्रममा नेपाली विद्यार्थी जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार साँझसामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त टेलिफोन संवाद गरेको सार्वजनिक गरेका हुन् । वार्तामा राष्ट्रपति सिसीले आफूले जोशीको रिहाइको लागि प्राथमिकता दिने बताएको पनि प्रधानमन्त्री ओलीले स्टाटसमा उल्लेख गरेका छन् । हमासले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ को अक्टोबर ७ मा जोशीलाई बन्धक बनाएर बेपत्ता पारेका थिए । नेपालले इजरायल र हमासबीचको युद्धविरामलाई स्वागत गरिसकेको छ ।