नवलपुर । नवलपरासीमा भूमाफियाले ७० विघाहा जग्गा कब्जा गरेको थाहा भएको छ । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा.न ४(साविक शिवमन्दिर क,ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ ।
८०९ घरधुरी रहेको कावासोती ४ हसौरामा पुस्तौंदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्याक्तिको नाममा रहेको समेत पाइएको छ । मालमोत कर्मचारीसँगको मिलेमतोमा क्युप्रसाद बस्याल,यज्ञमुर्ति पाठक,काशीनाथ सापकोटा,ठाकुरप्रसाद शर्मा,पर्साबहादुर आले,यदुनाथ पराजुलीलगायतले अबैधानिक तरिकाले जग्गा कब्जा गरेको आरोप लागेको छ ।