काठमाडौं । अमेरिकाले नेपाललाई दिंदैं आएको बिभिन्न शीर्षकको झण्डै साढे ४५ अर्ब रुपैयाँको अनुदान कटौटि भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले नेपाललाई दिदैं आएको निम्न अनुसारको रकम कटौटि भएको बताइएको छ ।
भौतिक पुनर्वास कार्यक्रम ५५ लाख अमेरिकी डलर,कर्णाली खानेपानी कार्यक्रम ( कवास) २ करोड ४७ लाख ९० हजार अमेरिकी डलर,प्रतिस्पर्धी व्यापार प्रवद्र्धन कार्यक्रम १ करोड ८ लाख ११ हजार अमेरिकी डलर,स्वच्च हावा कार्यक्रम १ करोड ३० लाख अमेरिकी डलर,केयर नेपाल ३ करोड ५० लाख अमेरिकी डलर,र समावेशी जिवीको पार्जन कार्यक्रम १० लाख अमेरिकी डलर ,समावेशी जीविको पार्जन केन्द्र ५ लाख अमेरिकी डलर,कृषि उपार्जन २ करोड ४५ लाख ६४ हजार अमेरिकी डलर,उच्च कृषि शिक्षा ५ लाख अमेरिकी डलर,इन्जिनियरिङ सेवा ८२ लाख १२ हजार अमेरिकी डलर,हरित नेपाल २ लाख ९६ हजार अमेरिकी डलर,संगठनात्मक प्राविधिक क्षमता अभिवृद्धि ५ लाख अमेरिकी डलर रहेको छ ।
त्यस्तै,लोकतन्त्र सबलीकरण १ करोड ४० लाख अमेरिकी डलर,पीपीडी कार्यालय व्यवस्थापन १ करोड ३९ लाख अमेरिकी डलर,स्थानीय सीप व्यवस्थापन १९ लाख ८७ हजार अमेरिकी डलर,कृषि रुपान्रण ५ करोड ६० लाख अमेरिकी डलर,स्वास्थ्य कार्यालय सहायता ४९ लाख ९९ हजार अमेरिकी डलर,महिलाका लागि पोषण ७ करोड २० लाख अमेरिकी डलर,आपत्कालीन शिक्षा सेवा ५१ लाख ३२ हजार अमेरिकी डलर,सामुदायिक न्याय ५० लाख अमेरिकी डलर,फिड फ्युचर नेपाल (कुखुरा पालन) १९ लाख ९९ हजार अमेरिकी डलर,फिड फ्युचर नेपाल (चिया) १० लाख अमेरिकी डलर,फिड फ्युचर नेपाल (डिजिटल कृषि) १० लाख अमेरिकी डलर,एचआइभी रोकथाम ४४ लाख अमेरिकी डलर,आम्दा नेपाल ६ लाख अमेरिकी डलर,हाम्रो सम्मान ४० लाख अमेरिकी डलर,गुगल मिट वान बोर्ड ४ हजार ७ सय अमेरिकी डलर,नेट वर्किङ डिभाइस (यूपीएस) ११ हजार ५ सय अमेरिकी डलर, नेट वर्किङ डिभाइस (मनिटर) १७ हजार १ सय अमेरिकी डलर,कम्प्युटर माउस,ल्यापटप आदी १० हजार ८ सय अमेरिकी डलर,नेट वर्किङ डिभाइस (डिमार्क कक्ष) १६ हजार ७ सय अमेरिकी डलर,क्याट सिक्स १२ हजार ४ सय अमेरिकी डलर,स्वास्थ्य सर्वेक्षण ४४ लाख ६४ हजार अमेरिकी डलर र स्थानीय कार्य अभिवृद्धि १४ लाख ९८ हजार अमेरिकी डलर रहेको छ ।