काठमाडौं । नेपाल एसबीआई बैंक र द रुबस होटेल, धनगढीबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र द रुबस होटेल प्रालिका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकको सबै क्षेत्रमा गरी एक सय वटा शाखा कार्यालय, २२ वटा एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम काउन्टर र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।