काठमाडौं । बीमा प्राधिकरणको रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त भएकी छन् । अर्थ मन्त्रालयले पोखरेललाई आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरेको हो । बीमा ऐन २०७९ मा महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । जसअनुसार अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई नियुक्त गरिएको हो । पोखरेल नेकपा एमालेकी उद्योग वाणिज्य तथा आपूर्ति विभागको सदस्य समेत हुन् । पुँजीबजार क्षेत्रमा काम गर्ने उनी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् ।