काठमाडौं। अमेरिकाले बिश्वका ४१ देशमाथि यात्रा तथा भिसामा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि आक्रमक बनेको उनको प्रशासनले ४१ वटा देशहरुमाथि प्रतिबन्ध लगाएको हो । रोयटर्सका अनुसार कतिपय देश पूर्ण प्रतिबन्ध छन् भने कतिपय देशहरु आंशिक रहेका छन् ।
अमेरिकाले अफगानिस्तान,उत्तर कोरीया,सिरिया,इरान,क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै रातो सूचीमा रहेका अन्य देशमा भुटान,लिबिया,यमेन,सोमालिया,सुडान र भेनेजुयला समेत रहेका छन् ।
त्यस्तै कडा सूचीमा रहेका अन्य देशहरुमा पाकिस्तान,बेलारुस,हाइटी,लाओस,म्यानमार,रुस,सियरालिओन,दक्षिण सुडान,तुर्केमिनिस्तान लगायत छन् । भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइने देश १० देश रहेका छन् । तेस्रो सूचीमा २२ देश छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गनुपर्ने सूचीमा राखिएको छ ।