इलाम । इलाममा शनिबार आयोजित नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव गोकर्ण विष्टले शिक्षकलाई पेसागत मर्यादामा रहेर अगाडि बढ्न आग्रह गरेका छन् ।
विष्टले आफू पनि पूर्वशिक्षक भएकाले शिक्षकहरूको पीर मर्का कस्तो हुन्छ ? भन्ने बुझेको बताए । आम शिक्षकको समस्याका बारेमा वर्तमान सरकारले सम्बोधन गर्ने भन्दै उनले सम्पूर्ण शिक्षकहरुलाई विद्यार्थीको असल गुरु बन्न आग्रह गरे ।
जिल्लास्थित एमाले नेता कार्यकर्तासँगको भेटघाटमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारको आवश्यकता र औचित्य माथि चर्चा गर्दै नेता विष्टले विगतमा देशको अर्थतन्त्र, सामाजिक तथा अन्तर्राष्ट्र्रिय सम्बन्ध लगायतका विषयमा असहज स्थिति पैदा भएकाले देशलाई सही बाटोमा हिँडाउन गठबन्धनको सरकार आवश्यक परेको स्पष्ट पारे ।