काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उच्च व्याजदरसहितको बुद्धभूमि बचत खाता सञ्चालनमा ल्याइएको हो । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ ।
न्युनतम पाँच हजार रूपैयाँ ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले प्रदान गर्ने अधिकतम (हाललाई पाँच प्रतिशत) व्याज पाउनुका साथै व्याज दैनिक गणना गरी हरेक त्रैमासमा खातामा जम्मा हुनेछ । यो खाता १८ वर्ष पुगेका सबै नागरिकले खोल्न मिल्नेछ ।
यो खाता खोल्ने ग्राहकले निःशुल्क चेक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र एसएमएस सेवा, पाउनुका साथै यस सांग्रिला डेभलपमेन्ट बैंकका कुनै पनि शाखाको बैंकिङ सुविधा उपयोग गर्न पाउनेछन् । यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट खाता खोल्ने र मेरो सेयरको दर्ता गर्ने सुविधा पनि उपलब्ध हुनेछ भने पहिलो वर्ष लकर सुविधामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।
ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर एक सय १२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।