काठमाडौं । ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मोबाइल एप्लिकेसनले गुगल प्लेस्टोरमा एक लाखभन्दा बढी डाउनलोड पार गरेको अवसरमा ‘ट्रिप टर्बो १०० के अफर’ ल्याएको हो ।
गत भदौ १६ मा आधिकारिकरूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीले सुरु गरेको अफरअन्तर्गत दुई जना विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडानको टिकट, एक जनाको लागि पोखरामा ११ हजार रुपैयाँ बराबरको हट एयर बेलुन राइड, उप्स नेपालको तर्फबाट नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टरबाट दुईवटा पाँच/पाँच हजार रुपैयाँ बराबरको गिफ्ट कार्ड उपहार रहेका छन् । यस्तै, आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा एक लाख रुपैयाँभन्दा बढी बराबरको छुट र प्रोमो कोड समेत रहेको कम्पनीले जनाएको छ ।
‘एक लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि हो’, ट्रिप टर्बोका संस्थापक शिखर प्रसाइँले भने, ‘हामी केवल उत्कृष्ट डिल, विशेष छुट र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाई उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौँ ।’ अफर चैत १८ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।
यस्तै, कम्पनीका नियमित प्रयोगकर्ताहरूले २० हजार टीटी क्वाइन (ट्रिप टर्बोको लोयल्टी पोइन्ट्स) प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा पाँच सय रुपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सक्नेछन् भने पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूले प्रोमो कोड फस्र्ट१००के प्रयोग गरी पहिलो उडान बुकिङमा दुई सय रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ । यसैगरी ट्रिप टर्बोले रोमाञ्चक एक्टिभिटीहरूमा विशेष छुट पनि ल्याएको छ । यसअन्तर्गत ५० प्रतिशत वा छ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यस्तै, प्याराग्लाइडिङ, बन्जी, स्काई साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन र एटीभी (क्वाड बाइक) टुरमा एक हजार चार सय ५० रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीका नियमित ग्राहकहरूका लागि थप अफरको रूपमा पाँच हजार टीटी क्वाइन प्रयोग गरेर एक हजार चार सय रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् । यो छुट हाइग्राउन्ड एड्भेन्चर्स (पोखरा) को सावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत)को बन्जी, द बन्जी नेपाल (पोखरा)को बन्जी, हाइग्राउन्ड एड्भेन्चर्स (पोखरा)को एटीभी (क्वाड बाइक) टुर र एड्भान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ ।