काठमाडौं, साउन १२
सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकका अनुसार सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि आठ दशमलव ९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी बैंकले सेयर धितो कर्जामा नौ दशमलव ९५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।
कोभिढ १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बाबजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरूले बिनाझन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले देशका एक सय ३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरूबाट अपेक्षा गरिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दे बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ ।