काठमाडौँ । हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज बुधबार तोलामा ८००ले बढेर एक लाख ७६ हजार पुगेको छ । अन्तरराष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।