काठमाडौं, साउन १२
महालक्ष्मी विकास बैंकले आवास र उद्यम कर्जा योजना सुरु गरेको छ । बैंकका अनुसार घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याइएको हो । बेैंकले दुवै कर्जा योजनामा ऋणिका लागि नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्नेछ ।
आवास कर्जा योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमाजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बेैंकले जनाएको छ । उद्यमशील कर्जा योजनाअन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्नेजस्ता सुविधाहरू प्रदान गर्ने बेैंकले जनाएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुनेछन् । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुईवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।