काठमाडौं । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोन पेसँगको सहकार्यमा ‘टपअप फोन पे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ नयाँ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकहरूले आईफोन १६ जित्ने अवसर रहेको फोनपेले जनाएको छ ।
यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ । मोबाइल टपअप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा एक सय रुपैयाँको मोबाइल टपअप र पाँच सय रुपैयाँको फोन पे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।
यस अभियानअन्तर्गत् प्रत्येक हप्ता एक सय जना भाग्यशाली विजेताहरूले एक सय रुपैयाँको मोबाइल टपअप जित्न सक्ने छन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गर्दछ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछन् ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।